बुधबार रातिदेखि घरबाट निस्किएकी युवती मृत फेला
धनगढी | साउन ११, २०८०
डडेल्धुरामा बुधबार रातिदेखि घरबाट निस्किएकी एक युवती मृत फेला परेकी छन्।
आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
उनका अनुसार युवती राति घरबाट निस्केकी र पहिरोमा हाम फालेको भन्ने अनुमान गरिएको छ। यद्यपी, प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी टोली खटाएको डिएसपी भट्टले बताए।
मृतक साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

