बुधबार रातिदेखि घरबाट निस्किएकी युवती मृत फेला
धनगढी | साउन ११, २०८०
डडेल्धुरामा बुधबार रातिदेखि घरबाट निस्किएकी एक युवती मृत फेला परेकी छन्।
आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
उनका अनुसार युवती राति घरबाट निस्केकी र पहिरोमा हाम फालेको भन्ने अनुमान गरिएको छ। यद्यपी, प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरी टोली खटाएको डिएसपी भट्टले बताए।
मृतक साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरेका छन्।
काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

